श्रोत नखुलेको रकम ३५ लाख ५०हजार रकम सहित २ जना पक्राउ

निरन्तर न्यूज
३ मंसिर २०७६, मंगलवार १७:५१

हेटौँडा । श्रोत नखुलेको रकम ३५ लाख ५०हजार रकम सहित २ जना पक्राउ परेका छन् । अवैध हुण्डीको पैसा लिई दुई जना व्यक्तिहरु मोटरसाइकलमा चढी आउदैछन भन्ने प्राप्त विशेष सूचनाको आधारमा सुरक्षा प्रहरी वेश क्याम्प लंगडाचोक तथा प्रहरी विशेष ब्यूरो समेतबाट खटिएको संयुक्त प्रहरीले बारा पचरौता नगरपालिका वडा नं।८ लंगडाचोक स्थित सडक खण्डबाट पक्राउ गरेको हो ।

पुर्व सिम्रौनगढ, महेन्द्र आदर्श तर्फबाट आएको ना २६ प १६४९ नं।को मोटरसाईकल माथी शंका लागी रोकी उक्त मोटरसाईकल तथा मोटरसाईकल चालक र पछाडी सवार व्यक्ति समेतको शरिर तथा साथमा रहेको ब्याग समेत चेकजाँच गर्ने क्रममा मोटरसाईकल पछाडी सवार व्यक्तिले पिठ्युमा बोकेको खरानी रंगको झोला भित्र नेपाली रुपैया एक हजार दरको १२०० थान र पाँच सय दरको ४७०० थान समेत गरी जम्मा रु ३५,५०,०००। रुपैया फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा बारा सिम्रौनगढ नगरपालिका वडा नं।७ झवानी टोल बस्ने २३ बर्षिय सुनिल महतो नुनिया र २२ बर्षिय राजन कुमार दुवे रहेका छन् । उनिहरुले बोकेको रकम बारे स्रोत खुलाउन नसकेको र उनिहरु मध्ये राजन कुमार दुवेको साथमा रहेको मोबाईल भित्रको ध्जबतकबउउ मा बिभिन्न बैंक तथा वित्तिय संस्थासंग सम्बन्धित चेक तथा भौचरहरुको फोटो तथा कारोवारको ख्यष्अभ रेकर्ड तथा करोडौ रुपैयाको कारोवार गरेको विवरणहरु समेत फेला परेको प्रहरीले जनाएको छ ।

उनिहरुलाई पक्राउ गरी बैंक तथा वित्तिय संस्था सम्बन्धि कसूर, २०७३ अन्तर्गत कसुरमा जिल्ला अदालत बाराबाट प्रहरी हिरासतमा राख्न दिन ५ को म्याद थप भै अनुसन्धान तथा कारवाही भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*