१५ वर्षीया बालिका बेचेको आरोपमा एक महिलालाई पक्राउ

निरन्तर न्यूज
२७ कार्तिक २०७६, बुधबार १६:४४

काठमाडौं । प्रहरीले भारतको कोठीमा लगेर १५ वर्षीया बालिका बेचेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरीले ललितपुरको चापागाउँकी ५० वर्षीया सुनिता भनिने कान्छी तामाङलाई १५ वर्षीया बालिका बेचेको आरोपमा पक्राउ गरेको हो । तामाङलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले बुढानिलकण्ठस्थित देउवा चोकबाट बुधबार दिउँसो पक्राउ गरेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट तामाङले १० हजार रुपैयाँ भारुमा भारतको मधुन भन्ने स्थानको कोठीमा ती बालिकालाई बेचेको खुलेको छ । त्यस्तै कोठी सञ्चालकले एक महिना कोठामा बन्धक बनाएर युवती बनाउन प्रयोग गरिने सुई र औषधि प्रयोग गरेको समेत खुल्न आएको छ ।

प्रहरीले तामाङमाथि मानव बेचबिखन तथा ओसारपासर ऐन अन्तर्गत म्याद थप गरेर अनुसन्धान गर्ने तयारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*