महराविद्धको मुद्दामा थुनछेक बहस सकियो, आदेश आउन बाँकी
काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराविद्धको मुद्दामा थुनछेक बहस सकिएको छ ।
महरामाथि संसद सचिवालयमा काम गर्ने एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप छ
जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा भएको सुनुवाइमा महराको पक्षबाट ६ जना वकिलले बहस गरेका छन् ।
महराको पक्षबाट अधिवक्ताहरू रमन श्रेष्ठ, शेरबहादुर केसी, लवप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, भोजराज आचार्य र सविता भण्डारी बरालले बहस गरेका हुन् ।
थुनछेक बहस चलिरहँदा रोशनी शाहीलाई इजलासमा उपस्थित गराइएको थियो ।
स्रोतका अनुसार उनले आफूले प्रहरीमा जाहेरी दिएको स्वीकारेकी छन् ।
केही दिनयता उनले आफूले जाहेरी नै नदिएको सार्वजनिक अभिव्यक्ति दिँदै आएकी थिइन् ।