नेकपाले प्रदेश प्रमुखहरुको सिफारिस गर्यो ७ जना नाम
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ ।
सोमबार बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको महासचिव विष्णु पौडेलले बताए ।
‘कुन प्रदेशका लागि के गर्ने भन्ने विषयमा सरकार र राष्ट्रपतिले निर्णय गर्नुहुन्छ,’ उनले भने ।