चौकीटोल स्थित एक कपास गोदाममा आगो लाग्दा कपास नष्ट, मानवीय क्षति भएन

निरन्तर न्यूज
११ कार्तिक २०७६, सोमबार ०७:५२

हेटौंडा । हेटौँडा उपमहानगरपालिका वार्ड नम्बर १ चौकीटोल स्थित एक कपास गोदाममा लागेकाे आगो ३ घण्टामा नियन्त्रणमा आएको प्रहरीले जनाएकाे छ ।

हेटौँडा उपमहानगरपालिका र नेपाल आयल निगमको दमकलले ३ घण्टामा आगाे नियन्त्रणमा लिएकाे । साँझ करिब ७ बजे लागेकाे आगाे  निभाउन सुरक्षा निकाय र स्थानीय समेत खटिएर करिब १० बजे आगाे निभाउन सफल भएकाे थियाे ।

जेसिभीको प्रयोग गरी उद्योगको कपासलाई आगाेबाट अलग गरिएपछि आगो निभाउन सहज भएकाे हाे ।

आगलागीबाट उद्योग पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएकाे छ ।

हेटौँडा–१ चौकीटोलमा विनोद ढकालको घरमा रहेको कपास उद्योगमा आगलागी भएको थियो । रामविश्वास यादव र पाश्वत दासले संयुक्त रुपमा गरेको उद्योगमा भएको आगलागीबाट मानवीय क्षति नभएपनि  स‌चालक यादव अर्धचेत भई अस्पताल लगिएको थियो ।

घटनास्थलमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपाने लगायत पुगेर आगो निभाउन पहलकदमी लिएका थिए । आगाे के कसरी लागेकाे हाे भन्ने बारेमा अनुसन्धान भइरहेकाे प्रहरी उपरीक्षक मुकेश सिंहले बताए ।

क्षतिको विवरण संकलन भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*