नेकपा कास्कीद्वारा उपचुनावका लागि विद्या भट्टराईको नाम सिफारिस

निरन्तर न्यूज
८ कार्तिक २०७६, शुक्रबार १८:३५

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले कास्की २ मा हुने उपचुनावका लागि विद्या भट्टराईको नाम सिफारिस गरेको छ । बैठकले भट्टराईको एकल नाम सिफारिस गरेको हो ।

शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले उनको मात्र नाम सिफारिस गर्न सहमति नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले सर्वसम्मत रुपमा नै सिफारिस गरिएको जानकारी दिए ।

लामो समय विद्यार्थी राजनीति गरेर प्राज्ञिक क्षेत्रमा लागेकी भट्टराई दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् ।

१५ फागुनमा भएको हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा उपचुनाव हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*