सांसद बानीयाँले शिवपार्बतीको मुर्ति अनावरण गरे
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको गौरिशंकर कुन्डलेश्वर माहादेब मन्दिर परिसरमा निर्माण गरिएको शिवपार्बतीको मुर्तिको अनावरण गरिएको छ ।
बिहिवार एक कार्यक्रमका बिच नेपाली काङ्ग्रेस ३ नम्बर प्रदेश संदीय दलका नेता एवम् नेपाली कांग्रस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले ३० फिट उचाईमा निर्माण गरिएको शिवपार्वतीको मुर्तिको अनावरण गरेका हुन ।
मुर्ति अनावरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी बानियाँले मन्दिर परिसरमा सतल निर्माण र मन्दिर सम्म पुग्ने बाटोलाई स्ल्याब ढलान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै नेता बानियाँले बर्षौ देखि उक्त स्थानमा रहेको मन्दिर प्रस्तावित औद्योगिक क्षेत्रमा परेकोले उक्त मन्दिर भन्दा बाहिरबाट औद्योगिक क्षेत्रको तारबार गर्न पहल गर्ने प्रतिवद्धता पनि जनाए ।
बमबहादुर थिङ तिलाराज विश्वमहागुरुलाई सपनामा शिबपार्वतिको मन्दिर निर्माण गर्न आदेश भएपछि उक्तस्थानमा गुरुले आफनै खर्चमा ३० फिट उचाईमा शिवपार्वतिको मूर्ति निर्माण गरेको नेपाली कांग्रेस १४ नम्बर वडा सभापति बलराम बलले जानकारी दिए ।
कार्यक्रम आयोजना मुल समारोह समितिका संयोजक मनोज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १४ का अध्यक्ष दीपक खतिवडा, मन्दिरका संरक्षक बिश्वमाहाराज गुरु, १४ नम्बर वडा सदस्य चमेली सिंजाली मगर, गमबहादुर लामा, चन्द्रबहादुर स्याङतान, कमला दर्नाल लगाएतको उपस्थिति रहेको थियो ।