चक्रदेबी सामुदायिक बन समूहको साधारण सभा सम्पन्न

निरन्तर न्यूज
३ कार्तिक २०७६, आईतवार ०८:५१

हेटाैँडा । हेटौंडा उपमहानगरपालिका वार्ड नम्बर ३ मा रहेकाे चक्रदेबी सामुदायिक बन उपभोक्ता समूहको २४औँ साधारण सभा सम्पन्न भएकाे छ ।

साधारणसभामा वन समूहकाे वार्षिक प्रगति प्रतिबेदन समूहका सचिव एलिना थापा तथा आर्थिक प्रतिबेदन कोषाध्यक्ष तिलकबहादुर अधिकारीले प्रस्तुत गरेका थिए ।

समूहका अध्यक्ष  हरिकृष्ण पुडासैनीकाे सभाध्यक्षता एवम्  ३ नम्बर वडा सदस्य विमला वर्ताैलाकाे प्रमुख आतिथ्यतामा भएकाे साधारण सभामा टाेल विकास संस्थाका अध्यक्षहरु सन्दीप ढुंगाना, हिरामया छुमी तथा नारायण ढुंगाना यादव काेइराला गाेविन्द सुवेदी लगायतकाे आतिथ्यता रहेकाे थियाे ।

समूहका सह-सचिव अनिल बर्ताैलाले सन्चालन गरेकाे कार्यक्रममा उपाध्यक्ष सुदीप कार्कीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

समूहले साधारण सभाकाे अवसर पारेर रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे । समूहका अध्यक्ष हरिकृष्ण पुडासैनी, उपाध्यक्ष सुदीप कार्की लगायत २४ जनाले रक्तदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*