अब विदेश जान रबि लामीछानेलाई अदालतले खुल्ला गरिदियाे

निरन्तर न्यूज
१ कार्तिक २०७६, शुक्रबार ११:१९

हेटौंडा । स्वास्थ्य उपचारका लागि विदेश जाँदा अनिवार्य अदालतको अनुमती लिनुपर्ने  सञ्चारकर्मी रवि लामीछाने र युवराज कँडेलकाे हकमा चितवन जिल्ला अदालतले गरेकाे आदेशलाई उच्च अदालत पाटन हेटौँडा इजलाशले बदर गरिदिएको छ ।

विहीवार हेटाैँडा इजलाशमा भएकाे वहशले विदेश जाने प्राबधान बाहेकका चितवन जिल्ला अदालतबाट भएको आदेश उच्च अदालतले सदर गरिदिएको हो ।

बिहीबार उच्च अदालत पाटन हेटौंडा इजलाशमा चितवन जिल्ला अदालतको थुनछेक आदेश बिरुद्ध सरकारी वकील सहीत रवि लामीछाने र युवराज कँडेलले छुट्टाछुट्टै निवेदन दिएका थिए ।

दुबै मुद्दा एकै विषयको भएको भन्दै एकै लगाउमा राखेर आज बहस भएको थियो । न्यायधिश द्वय महेन्द्रनाथ उपाध्याय र चण्डीराज ढकालको इजलाशले विदेश जाँदा अदालतको अनिवार्य अनुमति लिनुपर्ने आदेश भने बदर गरिदीएको हेटाैँडा इजलाशका प्रवक्ता अमृत घिमिरेले जानकारी दिए ।

चितवन जिल्ला अदालतले सञ्चारकर्मी शालीकराम पुडासैनीको आत्महत्या प्रकरणमा रुकु कार्कीलाई साधारण तारेखमा रिहा गरेको थियो ।
यस्तै लामिछाने र कँडेललाई भने जनही क्रमशः ५ लाख र ३ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*