राजपाद्वारा टायर बालेर प्रदर्शन, सांसद रिहाइको माग

निरन्तर न्यूज
२९ आश्विन २०७६, बुधबार १२:३०

जनकपुरधाम। संघीय सांसद प्रमोद साहलाई झुठा मुद्दामा फसाएको भन्दै राजपा नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रेका छन् । प्रदर्शनकारीले   जनकपुरस्थित बुद्ध एयरको सिटी अफिसमा तालाबन्दी समेत गरेका छन्।

तालाबन्दी गर्न पुगेका राजपाका नेता तथा कार्यकर्ताहरु बुद्ध एयरको सिटी अफिसअगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।  मुद्दा फिर्ता नलिएसम्म बुद्ध एयरको सिटी अफिस संचालन गर्न नदिने सांसद परमेश्वर साहले जानकारी दिए।

राजपाका कार्यकर्ताहरुले जनकपुर एयरपोर्टस्थित बुद्ध एयरको काउण्टरमा भएको तोडफोट घटनामा पक्राउ परेका सांसदको रिहाइको माग गर्दै सडक जाम गरेका हुन्  । उनिहरले  बिहान ८ बजे देखि ९ बजेसम्म जनकपुरधामस्थित रामानन्द चोकमा टायर बालेर सडक जाम गरेका थिए ।

राजपा नेपाल धनुषाले सांसद साहलाई अविलम्ब रिहाई नगरिए थप आन्दोलनको कार्यक्रम चरणबद्ध अगाडी बढाउने राजपा नेपालका प्रदेश सांसद परमेश्वर साहले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*