सिडिओ कार्यालयमा प्रशासकिय अधिकृत न्यौपानेकाे हुकुमी शैली

निरन्तर न्यूज
२८ आश्विन २०७६, मंगलवार १८:३४

हेटौँडा । जिल्लाको शक्तिशाली प्रशासनिक निकाय जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पछिल्लो समयमा सेवाग्राहीहरुलाई अनावश्यक दुःख दिने गरेको गुनासो आएको छ ।

केही महिनाअघि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सेवाग्राहीलाई विभिन्न सुविधाहरु महिलालाई स्तनपानको व्यवस्था गर्ने कक्ष, नागरिक सहायता कक्ष लगायतका सुविधा सुचारु गरिएको थियो ।

तर पछिल्लो समयमा प्रमुख जिल्ला अधिकारी परिवर्तन भएसँगै प्रशासनमा सेवाग्राहीले झमेला तथा दुख दिने गरेको नागरिकको गुनासो आउने गरेको छ ।

नावालक परिचय पत्र सहित राहदानी प्राप्त गर्ने सिफारीश लिनको लागि प्रशासनमा पुगेका एक सेवाग्राहीलाई प्रशासकिय अधिकृत गुणराज प्रसाद न्यौपानेले अनावश्यक दुःख दिएको गुनासो गरेका छन् । आफ्ना नाबालक सहित अधिकृत न्यौपानेको कार्यकक्षमा पुगेका अभिभावकलाई नाबालक परिचय पत्रले राहदानी सिफारीस नगर्ने भन्दै झर्किए ।

यसरी प्रशासकिय अधिकृत न्यौपानेले नाता प्रमाणीत, नावालक परिचय पत्र, जन्म दर्ता लगायतका आवश्यक पर्ने कागजात सहित उपस्थित हुँदा पनि सिफारीस लिनको लागि अनेकै झमेला गरेको तथा राणाकाल तथा पञ्चायती कालको झल्को आउने शैलीमा हुकुमी भाषा प्रयोग गरेको दुखेसो भूगोल न्यूजलाई सुनाए ।

प्रदेश ३ का मुख्यमन्त्री डाेरमणि पाैडेलले नागरिक सँग प्रत्यक्ष र अप्रत्यक्ष सराेकार राख्ने कार्यालयहरुमा जनतालाई छिटाे छरिताे तथा सर्वसुलभ ढंगले जनताकाे काम गर्न पटक पटक निर्देशन गरे पनि यस्ता गुणराज न्याैपाने जस्ता अधिकृतले जनतासँग गरेकाे व्यवहारले गर्दा मुख्यमन्त्रीकाे निर्देशनलाई लत्याएकाे देखिन्छ ।

देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको तेस्रो वर्षमा पुगिसक्दा पनि जिल्लाका सरकारी निकायमा जनताको करले तलब खाएकाहरुले जनतालाई नै दुःख दिन थालेपछि सार्वभौम नेपाली भन्ने कुरा संविधानमा मात्र सिमित रहि व्यवहारमा लागू नभएको देखिन्छ । भूगाेल न्यूजबाट लिइएकाे खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*