मउवा संघको कार्यकारी सचिवमा पवन कार्की नियुक्त

निरन्तर न्यूज
२७ आश्विन २०७६, सोमबार १८:१२

हेटाैँडा ।  मकवानपुर उद्याेग वाणिज्य संघकाे कार्यकारी सचिव पदमा पवन कार्की नियुक्त भएका छन् ।

संघकाे पदपूर्ती समितिको मुल्याङ्कन र आश्विन २७ गते बसेको कार्यसमिति वैठकको निर्णयबाट कार्कीलाइ कार्यकारी सचिव पदमा पदोन्नती  गर्ने निर्णय गरिएकाे हो ।

संघमा २०६८ आषाढ १ गतेबाट कार्यक्रम तथा लेखा अधिकृत पदमा नियुक्त कार्की २०७६ श्रावण १ गतेबाट संघको कर्मचारी नियमावली अुनसार स्थायीरुपमा नियुक्त  भएका थिए ।

सो पश्चात कार्की हालसम्म संघको लेखा अधिकृत पदमा कार्यरत थिए ।

कार्कीले २०७६ जेष्ठ १६ गतेदेखि नै संघको कायम मुकायम कार्यकारी सचिवकोरुपमा कार्यभार सम्हाल्दै आएका थिए ।

संघले सहभागि गराएको जेसीज, नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौंको व्यवस्थापकीय तालिमहरुलगायत विभिन्न अन्तरक्रियाहरुमा संघको तर्फबाट कार्कीले प्रतिनिधित्व गरेका थिए ।

उद्योग वाणिज्य संघहरुमा कार्यकारी सचिव पद नेपालभरी नै कार्यालय प्रमुखकोरुपमा रहेको छ । कार्की पछिल्लाे समयमा जिल्लाका सन्चारकर्मीहरु माझ सरल जीवन शैली भएका मिडिया मैत्रीकाे रुपमा परिचित छन् ।

कार्कीलाइ संघका अध्यक्ष कृष्ण कटुवाल, महासचिव प्रमाेद सिं रानाभाट लगायतले बधाइ तथा सफल कार्यकालकाे शुभकामना दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*