चिनियाँ राष्ट्रपतिकाे सवारीमा सडकमा उभिएर हेर्नसमेत रोक

निरन्तर न्यूज
२५ आश्विन २०७६, शनिबार ११:३५

काठमाडौं  । चिनियाँ राष्ट्रपति सी चिनफिङको सवारीको समयमा सडक खाली गरिने भएको छ । सरकारले सीको सवारी हुँदा उनी यात्रा गर्ने मार्ग पूरै खाली गर्ने निर्णय गरेको हो ।

सीको सवारीका क्रममा सडक पूर्णरुपमा खाली गरिने र सडकको दुई किनारमा हिँडडुल गर्न तथा उभिएर हेर्नसमेत रोक लगाइने प्रहरीले जनाएको छ ।

महानरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार राष्ट्रपति सीको सुरक्षाका लागि सडक किनार खाली गर्न लागिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*