चीनका राष्ट्रपति सी जिनपिङ आज र भाेली नेपालमा, १९ घण्टा नेपालमा विताउने (समय तालिका)
काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आउँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउन लागेका राष्ट्रपति सीले नेपालमा १९ घण्टा बिताउनेछन् । २३ वर्षअघि अर्थात् सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेका थिए ।
त्यसपछि पहिलोपटक हुन लागेको चिनियाँ राष्ट्र प्रमुखको नेपाल बसाईको भ्रमण तालिका सार्वजनिक भएको छ । सी भ्रमणका क्रममा शनिबार दिउँसो २:५५ बजेदेखि ५:२५ सम्म र आइतबार दिउँसो ११:२० बजेदेखि ३:५० सम्म विमानस्थल बन्द हुनेछ।
यस्तो छ भ्रमण तालिका
शनिबार बेलुकी ४ः३० बजेदेखि ५ः३० बजेको बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने
राष्ट्रपति सीले आफ्ना नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग शीतलनिवासमा कारिब ६ः३० बजे भेटवार्ता गर्ने
करिब ७ः३० बजे राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्या भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोज
आइतबार बिहान नेपाल–चीनबीच औपचारिक वार्ता (वार्तामा पर्यटन, प्रविधि, कृषि र बीआरआईका विविध पक्षमा छलफल हुने)
बिहानको १०ः३० बजे द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुने
यही बीचमा चिनियाँ राष्ट्रपतिसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का शीर्ष नेतासहित राजनीतिक दलका नेताले भेटवार्ता गर्ने
राष्ट्रपति सी नेपाली समयअनुसार १२ः३० बजे नेपालको दुई दिने नेपाल भ्रमण सकाएर करिब १२ः३० बजे स्वदेश फर्कने