मनसुन बाहिरिएपछि आजबाट मौसम सफा रहने

निरन्तर न्यूज
२५ आश्विन २०७६, शनिबार १०:०९

काठमाडौं । मनसुन बाहिरिएसँगै आजबाट मौसम सफा रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका यस वर्ष पूर्वी नेपालमा जुन २० मा आगमन भएको मनसुन १२ अक्टोबर अर्थात् आजबाट बाहिरिएको छ ।

महाशाखाका अनुसार यो आगमन औसत भन्दा १० दिन ढिलो हो भने बहिर्गमन औसत भन्दा १९ दिन ढिलो हो । औसतमा पूर्वी नेपालमा १० जुनमा र काठमाडौंमा १२ जूनमा मनसुनी वायुवर्षा आइपुग्ने गर्दछ ।

मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचनामा भनिएको छ, ‘उपलब्ध तथ्यांक अनुसार नेपालमा सन् १९७९ को ७३ दिनको मनसुन सबै भन्दा छोटो र सन् २००८ को १३० दिनको मनसुन सबै भन्दा लामो मनसुन रहेको छ ।’

मनसुन आगमन सन् १९९६ मे ३१ मा अहिलेसम्मको सबै भन्दा छिटो र १९८२ जून २७ मा अहिलेसम्मको सबैभन्दा ढिला भएको थियो भने मनसुन बहिर्गमन सबैभन्दा छिटो सन् १९९५ सेप्टेम्बर २ र सबैभन्दा ढिला सन् २०१३ अक्टोबर १९ मा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*