आमा छोराको मृत्यु प्रकरण : प्राधिकरणले स्विकार्यो गल्ति

निरन्तर न्यूज
२० आश्विन २०७६, सोमबार १३:२४

हेटौँडा । हेटौँडा–१७ राजदेवीमा करेन्ट लागेर आमा छोराको मृत्यु भएको घटनामा नेपाल विद्युत प्राधिकरणले आफ्नो गल्ति स्विकारेको छ ।

घटनापछि मृतकको शव बुझ्न अस्विकार गरेका स्थानीय, आफन्त र प्राधिकरणबीच भएको छलफलमा प्राधिकरणले आफ्नो गल्तिका कारण मृत्यु भएको स्विकारेको मृतकका आफन्त कृष्णप्रसाद पराजुलीले प्रष्टखबरलाई जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा प्राधिकरणले गल्ति स्विकार्दै प्रचलित कानून अनुसार राहत उपलव्ध उपलग्ध गराउने, किरिया खर्च उपलव्ध गराउने लगायतका सहमति भएको छ । प्राधिकरणले आगामी दिनमा यस्तो गल्ति नदोहोरिने प्रतिवद्धता समेत गरेको छ ।

यस्तो भएको थियो घटना
गत शनिबार दिउँसो पानी परिरहेको अवस्थामा सिंचाईका लागि लागेको थ्रि फेज लाईनको तारज झरेर आगो बलेको थियो । गाउँलेहरुले तारमा लागे बलेको देखेपछि आफ्नो घरको मेन स्विच अफ गरे । त्यही समय गाउँलेले प्राधिकरणले घटनाबारे जानकारी दिए ।

दिउँसो मकवानपुरगढी घुम्न जाने सल्लाह गरी आइतबार विहान करिव ८ बजे स्थानीय मृतक लेखमाया पराजुली र उनकी बुहारी रेनुका घाँस काट्न कर्रा खोला पारी गएका थिए । दुई भारी घाँस काटेपछि बुहारीले करिव २२ बजेतिर आफ्ना श्रीमान् मदनलाई घाँसको भारी लिन बोलाए । श्रीमतिको फोनपछि खोला तरेर पारी पुगेका मदनले एउटा भारी र आमाले अर्को भारी बोके । आमा अघि लागिन् भने छोरा पछि लागे ।
घर र्फकने क्रममा छिनेर तल झरेको करेन्ट प्रावह भईरहेको आमाको खुट्टाले तारलाई छुन पुग्यो । आमालाई करेन्ट लाग्यो, पछि पछि भारी बोकेर आईरहेका छोरा मदनले आमालाई करेन्ट लागेको देखेपछि आमालाई बचाउन तार समातेर तान्ने प्रयास गरे र उनलाई पनि करेन्ट लाग्यो । सासु र श्रीमानलाई करेन्टबाट बचाउन बुहारी गईन् तर बुहारीलाई भने करेन्टले फ्याकिदियो । त्यसपछि रुदै कराउँदै आलिको बाटो हुँदै उनी करिब एक किलोमिटरको दुरीमा रहेको आफ्नो गाउँ आईन् ।

करेन्ट लागेको खबरपछि कोही गाउँले घटनास्थलतर्फ पुग्न थाले भने कोही प्राधिकरणलाई फोन गर्न थाले । घटनास्थलमा पुगेरे उनलाई बचाउन खोज्दा कार्कीलाई पनि करेन्ट लाग्यो तर उनी सामान्य घाइते भए । प्राधिकरणको फ्युज शाखामा पटक पटक फोन गर्दा पनि लाईन काटिएन । फोन गरेको १५ देखि २० मिनेटपछि लाईन काटियो । लाईन काट्दासम्म छोरा मदन अचेत भईसकेका थिए भने आमा अलि अलि बोल्दै थिईन् । अस्पताल पुर्याउने वितिकै आमा छोरालाई मृत घोषित गरियो । करेन्ट लागेर मानवीय क्षति भईसक्ने भनेर फोन गर्दा समेत प्राधिकरणले लाईन काट्न उदासिनता देखाउँदा दुबैको मृत्यु भएको स्थानीयको गुनासो छ ।

मृतकको घर नजिक अर्को घरलाई छुनबाट जोगाउन तारलाई डोरीले बाँधेर राखेको

प्रष्टखबरको टिम सोमबार विहान घटनास्थल पुग्दा सिंचाईको मोटर रहेको करिव १ किलोमिटरको दुरीमा तार लत्रिएको थियो भने त्यसतर्फ जाने लाईन काटिएको थियो । घटनास्थलमा घासको दुई भारी, चप्पल, घाँस काट्ने हसिया, पानीको बोतल, रामनामी घटनास्थलमै पाईएको थियो ।
स्थानीयको गुनासो
गाउँका अधिकांश स्थानमा पुराना काठका पोल छन् । ति पोलमा भुई नजिकसम्म तार झुण्डिएका छन् । तर प्राधिकरणलाई पोल फेर्न र झुण्डिका तार मिलाउन आग्रह गरेपनि वेवास्ता गर्ने गरेको छ । प्राधिकरणबाट मिटर ल्याएको डेढ बर्षसम्म पनि मिटर जडान नहुने र घरलाई छुनै लागेको तार सार्न आग्रह गर्दा समेत प्राधिकरण हेटौँडा शाखाले वेवास्ता गर्ने गरेको छ । प्राधिकरणले धनजनको क्षति नभई स्थानीयले प्राधिकरणमा गरेको गुनासोलाई वास्ता गर्दैन ।
(स्थानीय उषा लुईटेल, सुलोचना शर्मा लगायतसंगको कुराकानीमा आधारित)

प्रष्टखबरबाट लिइएकाे खबर (तश्विर सहित)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*