फुटबल प्रतियाेगिताकाे खसी ढकाल टाेलमा

निरन्तर न्यूज
१७ आश्विन २०७६, शुक्रबार १९:१०

हेटौँडा । विजयमा दशमीकाे अवसरमा गरिएकाे खसी उपहार टाेल स्तरीय फुटबल प्रतियाेगितामा हेटौँडा उपमहानगरपालिका वडा नम्बर- ५ क्याम्पाडाडामा सम्पन्र भएको छ ।

जनप्रवाह क्लबको आयोजनामा भएको कार्यक्रममा हेटाैँडा ५ काे ढकाल टाेलले २५ किलाेकाे खसी हात पारेकाे छ ।

त्यस्तै शान्तिनगर ए टिमले दाेश्राे भएर बाेका उपहार प्राप्त गरेकाे छ । निर्रधारित समयमा दुबै टिमकाे १/१ गाेल भएपछि ट्राइबेकरमा पुगेकाे खेलमा ढकाल टाेलले विजयी बनेकाे हाे ।

संयोजक राजेन्द्र गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा ५ नम्बर वडाका अध्यक्ष राजेश बानियाँ प्रमुख अतिथि रहेका थिए । अध्यक्ष बाँनीयाले बिजयी टिमलाइ खसी र बाेका पुरस्कार प्रदान गरेका थिए ।

 

कार्यक्रममा वडा सदस्यहरू सरस्वती दाहाल, ज्ञानु थापा मगर, शान्तिनगर टोल विकास संस्थाका अध्यक्ष देव बुढाथोकी, समाजसेवी हरि कुँवर, पुर्ण चौलागाई, मेघ बहादुर कुँवर, लगायतको उपस्थिति रहेको थियो ।

प्रतियाेगितामा उत्कृष्ट खेलाडी संजीव श्रेष्ठले एक क्रेट अन्डा पाएका थिए । भुपेन्द्र चाैलागाइले पनि उत्कृष्ट खेलाडी वापत कुखुराकाे भाले प्राप्त गरेका थिए । अर्का उत्कृष्ट खेलाडी संजीव अर्याललाइ वडा अध्यक्ष बाँनीयाले नगद १० हजार रूपैया प्रदान गरेका थिए ।

यस प्रतियाेगितालाइ सम्पन्र गर्नका लागि समाजसेवी कृष्णकली राजथालाले ५५ हजार नगद र १५ हजार रूपैया बराबरकाे खाजा सहयाेग गरेकी थिइन् ।

त्यस्तै समाजसेवी प्रथम पुरस्कार खसी सहयाेग गर्ने समाजसेवी सुदीप सापकाेटा र देव बुढाथाेकीले सहयाेग गरेका थिए भने दाेश्राे पुरस्कार बाेका पूर्ण चाैलागाइ र नकुल न्याैपानेले सहयाेग गरेका थिए । कुखुराकाे भालेकाे व्यवस्था हरि बहादुर कुँबरले गर्नुभएकाे थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*