साझा पार्टी मकवानपुरले दशैँकाे शुभकामना सम्पन्न गर्याे

निरन्तर न्यूज
१७ आश्विन २०७६, शुक्रबार १८:२८

हेटौंडा | साझा पार्टी मकवानपुरले विजयादशमी, शुभ–दीपावली एवम् छठ पर्व २०७६को पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेकाे छ ।

कार्यक्रममा साझा पार्टीको केन्द्रिय सदस्य नारायण कोईरालाले राजनिति पेसा बनाउनुुको कारण देश विकास नभएको बताउनु भयो । कोइरालाले राजनितिमा आउने सेवाभावले आउने हो यहाँ राजनितिक गर्ने मालिक भए,जनता नोकर भएकाेले यस्ता विकृतिलाई चिर्न साझा पार्टी अगाडी बढेकाे बताए ।

साझा पार्टीका संगठन विभागका प्रमुख सुरेन्द्र रानाभाटले अबको जनताले राजनिति सुसंस्कृत राजनितिको खोजिमा रहेको बताउनु भयो ।

साझा पार्टीका प्रमुख प्रदिप थापाले नेपाली समाजको विकास भएमा आम नागरिको अनुहारमा हाँसो छाउने भन्दै जनताको मुहारमा हाँसो ल्याउनु नै हाम्रो पहिलो अजेण्डा भएको बताउनु भयो ।

साझा पार्टीका युवा संगठनका केन्द्रिय सदस्य सौजन डिसिले युवाहरुले देशको चिन्ता गर्नु पर्ने वेला आएको बताउनु भयो । व्यक्तगत स्वार्थ भन्दा माथि उठेर देशको विकासमा युवाहरु लाग्नु पार्नेमा जोड दिदँै देशले युवाहरु खोजि रहेको र परिर्वतन युवाबाटै हुने बताउनु भयो ।

समाजवादि पाटी प्रदेश ३ का अध्यक्ष सोनाम सिङ स्याङतानले कयौँ पटक व्यवस्था फेरिएता पनि जनताको अवस्था नफेरिएको प्रति चिन्ता व्यक्त गर्नु भयो । एक पार्टीले अर्को पार्टीलाई गाली गर्नु भन्दा पनि देश विकासमा एकताबद्ध भएर जानु आजको आवश्यकता भएको बताउनु भयो । जनताको मनमा खुसि ल्याउनको लागि व्यवस्था भन्दा पनि अवस्था फेरिनु पर्नेमा जोड दिनु भयो ।

साझा पार्टी मकवानपुरका संयोजक राजन मैनालीको सभाध्यक्षतामा कार्यक्रम भएको हो । युवा लिडर अनिल अधिकारीले संचालन गर्नु भएको कार्यक्रममा विभिन्न पार्टीका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, कार्याकर्ता लगायको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*