सवारी दुर्घटनामा हेटौंडाकी ३५ वर्षीया सिता न्यौपानेको मुत्यु

निरन्तर न्यूज
१७ आश्विन २०७६, शुक्रबार ११:०२

हेटौंडा।  प्रदेशको राजधानी हेटौँडाको पूर्व पश्चिम राजमार्गमा रहेको हेटौंडा उपमहानगरपालिका १ चाइना क्वार्टरको गेट नजिकै सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

हेटौंडा ११ नवलपुरबाट हेटौंडा बजारमा तर्फ आउदै गरेको ना८ ३८७२नम्बरको ट्याङ्करले सोही दिसाबाट आउदै गरेको ना५६ प ४९३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार हेटौंडा १ चाइनाक्वार्टर निवासी ३५ वर्षीया सिता न्यौपानेको मुत्यु भएको छ।

न्यौपानेको घटनास्थलमै मृत्यु भएको हो। मोटरसाइकल चालक निजको देवर ४५ बर्षीय शशी न्यौपाने सामान्य घाइते रहेको जनाइएको छ। ठक्करबाट दिने टयाङ्कर तथा टयाङ्कर चालक प्रहरी नियन्त्रणमा रहेका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*