एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने

निरन्तर न्यूज
१६ आश्विन २०७६, बिहीबार १६:४४

सिन्धुपाल्चोक। हेलम्बु गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । एकल महिलाले झैँ एकल पुरुषले पनि अब सामाजिक सुरक्षा भत्ता पाउने भएका हुन्।

पालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट भत्ता दिने निर्णय गरेको हेलम्बु गाउँपालिकका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए। एकलल पुरुषलाई अब मासिक ५ सय रुपैयाँ उपलब्ध गराउने निर्णय भएको शेर्पाले बताए।

हाल पालिका भित्रका सबै वडामा एकल पुरुषको संख्या संकलन गर्ने काम भइरहेको पालिकाले जनाएको छ। करिब ३ सय ५० एकल पुरुष रहेको अनुमान गरिएको पालिका अध्यक्ष शेर्पाले जनाए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*