सिआइटी कम्प्यूटर इन्स्टिच्युटले मनायाे ११औं वार्षिकोत्सव

निरन्तर न्यूज
१५ आश्विन २०७६, बुधबार २०:५८

हेटाैँडा । हेटौंडाबाट संचालित कम्प्युटर इन्स्टिच्युट ‘कलेज अफ इन्फर्मेसन टेक्नोलोजी’ (सिआईटि) ले आफ्नो ११औं वार्षिकोत्सव मनाएको छ ।
सिआईटिले बुधबार वार्षिकोत्सव संगै चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान पनि गरेको छ ।

नेपाल टेलिकम हेटौंडाका बरिष्ट इन्जिनियर दिलिप कुमार वर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिआईटिका प्रवन्ध निर्देशक दिनेश रिजालले ११ बर्षसम्म हेटौंडामा रहेर कम्पुटर र आइटी क्षेत्रमा गरिएको गतिविधि र भावी योजनाका बारे बताएका थिए ।

प्रदेश ३ को राजधानी हेटौंडामा अव छिट्टै नै आइटी कलेज स्थापना गरिने रिजालले बताएका छन् । पोखरा युनिभर्सिटीबाट मान्यता लिएर हेटौंडामा आइटी कलेजको स्थापना गर्ने तयारि भैरहेको उनले बताए ।

कार्यक्रममा प्रमुख अतिथि वर्माले डिजिटल नेपाल बनाउनका लागि सबै लाग्नुपर्ने बताए हेटौंडामा पनि आइटी क्षेत्रले निकै फड्को मारेकाले अब झन् यस संग सम्बन्धित जनशक्ति उत्पादनको खाचो रहेको उनले बताए ।

कार्यक्रममा क्यान महासंघ मकवानपुरका अध्यक्ष पुष्पराज पुडासैनीले मकवानपुर जिल्लालाई आइटी क्षेत्रमा अब्बल बनाउन क्यान हरदम लागिपरिरहने बताए ।

सिआईटिका अध्यक्ष रमेश रिजालको अध्य्क्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका महासचिव कृष्ण सारु मगर, शिक्षा सेवी देव श्रेष्ठ, क्यान महासंघ मकवानपुरका अध्यक्ष पुष्पराज पुडासैनी लगाएको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*