हेटाैँडा ५ मा रहेकाे छेथारलिङ गुम्बामा आज देखि विश्व शान्ति पुजा शुरु

निरन्तर न्यूज
१५ आश्विन २०७६, बुधबार १८:०७

हेटौडा । मकवानपुरको हेटौडा उपमहानगरपालिका ५ सानोपोखरामा रहेको जिग्तेन शिवा छेथारलिङ गुम्बामा आजबाट विश्वशान्ति तथा फुर्वा पूजा शुरु भएको छ । भारतको देराहदुनबाट आउनु भएको धर्मगुरु ज्ञान बज्र रेम्पोर्छेको नेतृत्वमा तिन दिन सम्म फुर्बा पुजा पाठ हुने छ ।

सनोपोखारा स्थित गुम्बामा आज भएको औपचारिक समुदघाटन कार्यक्रममा हेटौडा उपमहानगरपालिकाको प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महतले, ‘बुद्धधर्म अहिले बिश्वब्यपीकरण भैरहेको बेला पश्चिमा मुलुकहरुमा समेत बौद्धधर्म लगायत हिन्दुधर्म समेत अंगालिरहेको अवस्थामा हाम्रा केही दाजुभाईहरु बिदेशी धर्म प्रति आकर्षित भैरहेको देख्दा कहिले कही अचम्म लागेको बताउनु भयो ।

हामीले आफ्नो परिवार लगायत पदियक्रम त्याग्न सकिरहेको छैन, तर भगवान बुद्धले आफ्नो राजकाज नै त्याग गरे, शान्तिको सन्देश फैलाए अनि बुद्धत्व प्राप्त गर्नु भएको भन्नु हुदै तिन सम्मको पुजापाठ लगायत गुम्बाको भौतिक संरचना निर्माणको लागि उपमहानगरले सकेको सहयोग गर्ने समेत प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

त्यस्तै, तिन दिन सम्म हुने विश्वशान्ति तथा फुर्वा पूजामा आइपुग्नु भएको धर्मगुरु ज्ञान बज्र रेन्पोर्छेले आफ्नो परिचय संगै फुर्बा पुजाको महत्वको बारे प्रस्ट पर्नु भएको थियो । गुम्बा ब्यबस्थापन समितिको अध्यक्ष डोल्मा स्याङ्बोको अध्यक्षतामा भएको कार्यक्रम उपमहानगरको जनप्रतिनिधि, स्थानीय बुद्धिजिबी, बुद्धधर्मलम्बीहरु सहभागी थिए । बुधबार बिहान धर्मगुरु ज्ञान बज्र रेन्पोर्छेको सहभागितामा सिमा चोक, बुद्धचोक, कान्तिराजपथ हुदै गुम्बा रहेको स्थान सनोपोखारा बेलाडाँडा सम्म शान्ति र्याली गरिएको थियो ।

‘पुण्य भुमि नेपालमा दिन प्रतिदिन बढ्दै गइ रहेको हत्या, हिंसा, अशान्तिले पिरोलिरहेको सम्पूर्ण प्राणीहरुको उद्धारको निम्ति शान्तिको कामना गर्दै विश्वशान्ति तथा फुर्वा पूजा पाठ शुरु गरेको गुम्बाको अध्यक्ष स्याङ्बोले बताउनु भयो ।

बिश्वमा रहेको प्राणी जगतको रक्षा र शान्तीको लागि दैनिक पूजापाठ, प्रबचन र वाङ अभिषेक गर्नु हुने आयोजकले जनाएको छ । १६ र १७ गते दुइ दिन फुर्बा पुजा सम्बन्धी पुजा पाठ हुने छ भने असोज १८ गते धर्म गुरु ज्ञान बज्र रेम्पोर्छेबाट प्रबचन र वाङ अभिषेक गरि सम्पूर्ण कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*