सिआईटि कम्प्युटर इन्स्टिच्युटद्वारा वार्षिकाेत्सवमा शैक्षिक सामग्री वितरण

निरन्तर न्यूज
१५ आश्विन २०७६, बुधबार १७:४३

हेटाैँडा । हेटौंडामा रहेको संस्कृत वेद विद्यालयलाई शैक्षिक सामाग्री तथा खाद्यान्न सामाग्री सहयोग गरिएको छ ।

हेटौंडाबाट संचालित कम्प्युटर इन्स्टिच्युट ‘कलेज अफ इन्फर्मेसन टेक्नोलोजी’ (सिआईटि) ले आफ्नो ११औं वार्षिकोत्सवको अवसरमा हेटौंडा १० गोरक्षस्वरधाममा रहेको संस्कृत बिद्यालयलाई शैक्षिक सामाग्री र खाद्यान्न सामाग्री सहयोग गरेको हो ।

आज सिआईटिका संचालक दिनेश रिजालले बिद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भट्टराईलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा रिजालले अबदेखि हरेक बर्ष बिद्यालयलाई सहयोग गर्ने बताए । उनले कम्प्युटर पढ्न चाहने सम्पूर्ण बटुकलाई सिआईटिमा कम्प्युटर कोर्ष निशुल्क पढाउने प्रतिबद्धतापनि व्यक्त गरे । साथै सिआईटिले भोलि वार्षिकोत्सवको कार्यक्रम तथा आउदै गरेको चाडपर्वको अवसरमा शुभकामना आदानप्रदानको कार्यक्रम गर्ने बताएको छ ।

२०५७ सालदेखि संचालित संस्कृत वेद विद्यालयमा हाल २५ जना बिद्यार्थीहरु रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*