नेपालमा कुनै पनि तागतले प्रतिगमन स्थापित गर्न सक्दैन : नारायणकाजी श्रेष्ठ

निरन्तर न्यूज
१५ आश्विन २०७६, बुधबार १७:३०

हेटाैँडा । सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालमा कुनै पनि तागतले प्रतिगमन स्थापित गर्न नसक्ने बताएका छन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले नेपालमा राजनीतिक र संक्रमणकाल अन्त्य भैसकेकोले नेपाल नबनेको कारण देखाउने कुनै ठाउँ नभएको बताएका छन् ।

नेता श्रेष्ठले राष्ट्रिय सुरक्षा र परराष्ट्र नीतिमा एउटै दृष्टिकाेण, विकास बजेट खर्च गर्ने तरिका र  भ्रष्टाचार नियन्त्रण सहित सुशासनकाे सवालमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् ।

श्रेष्ठ समाजवाद उन्मुख समावेशी लोकतन्त्रलाई संविधानमा मात्र सिमित नराखि त्यसलाई जनताकाे जिवन उपयाेगी हुने गरि वास्तविक व्यवहारमा उतार्नु पर्ने समेत बताएका छन् ।

उनले नेपाली जनताले लोकतन्त्रबाट राजनितिक अधिकार मात्र नभई यसलाई माध्यम बनाएर यसले जिवनमा परिवर्तन ल्याईयो भनेर खुशी हुनुपर्ने चुनौतिपूर्ण जिम्मेवारी काँधमा रहेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*