बाबुराम भट्टराईद्वारा निवर्तमान सभामुख महरालाई कारबाही गर्न माग

निरन्तर न्यूज
१५ आश्विन २०७६, बुधबार ०७:४९

समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न माग गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले अन्य प्रकरणजस्तो महरासँग जोडिएको बलात्कार काण्ड फासफुस हुन नहुने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता भट्टराईले यस अघिका धेरै काण्डहरुका आरोपी छुटेको समेत बताएका छन् । उनले टिव्टरमा लेखेका छन्, ‘सभामुख महराको राजीनामा पछि यो बलात्कारकाण्डको स्वतन्त्र र निष्पक्ष छानवीन होस् र कानून अनुसार न्याय निरूपण होस् ! विगतमा महिला र दलितमाथि हुने गरेका अपराधका घटनाबारे निष्पक्ष छानवीन र कारबाही भएका छैनन् !’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*