नेपाल टेलिकमकाे २६ शहरमा फोरजी सेवा सुरु हुने

निरन्तर न्यूज
१३ आश्विन २०७६, सोमबार १४:१५

काठमाडौं । नेपाल टेलिकमले ३ नम्बर प्रदेशको राजधानी हेटौँडासहित २६ शहरमा फोरजी सेवा सुरु गर्ने भएको छ ।

टेलिकमले फोरजी सेवा विस्तार परियोजनाअन्तर्गत बुधबारदेखि देशका २६ शहरमा फोरजी सेवा विस्तार गर्ने भएको हो ।

टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीका अनुसार हेटौँडासहित भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढी, दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्जमा फोरजी सेवा शुरु हुनेछ । त्यस्तै, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, रुकुम, रौतहट, सिरहा, बागलुङ, महोत्तरी, बर्दिया, पर्वत, दाङ, नवलपरासी, पाल्पा जिल्लाका सदरमुकाममा फोरजी सेवा उपलव्ध हुनेछ ।

पहिलो चरणमा २६ शहरहरुमा फोरजी सेवा विस्तार गर्दै नयाँ शहरमा पनि परिक्षण र सेवा विस्तार हुने अधिकारीले बताए । फोरजी सेवा लिन पुराना सिम निःशुल्क साट्ने व्यवस्था गरिएको र ८४४४३ डायल गरेर फोरजी सेवा सुचारु गर्नसक्ने कम्पनीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*