प्रहरीद्वारा सवारी चालकलाई माला लगाएर सुरक्षित यात्राकाे शुभकामना

चाडपर्वमा हुने दुर्घटना न्यूनिकरणमा प्रहरीकाे सचेतना अभियान
निरन्तर न्यूज
१२ आश्विन २०७६, आईतवार २१:३१

हेटौँडा । नेपाल प्रहरीले नजिकिदै गरेकाे चाडपर्वमा विभिन्न कारणले हुने घटना तथा दुर्घटनालाई मध्यनजर गरी दुर्घटना न्यूनिकरण गर्नकाे लागि सार्वजनिक सवारी साधनका चालकहरुलाई टिका र माला लगाएर सुरक्षित गन्तव्यकाे लागि विदाई कार्यक्रम गरेकाे छ ।

साेही कार्यक्रम अन्तरगत हेटाैँडाकाे मुख्य बसपार्कमा जम्मा भई गन्तव्यमा जान लागेका सवारी साधनका चालहहरुलाई ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेतले टिका र माला लगाएर सुरक्षित यात्राकाे लागि विदाई गरेका हुन् ।

चाडपर्वको समयमा सुरक्षित यात्राको शुभकामनासहित चालकहरुलाई विदाइ गरिएकाे र चालकहरुे आफ्नो जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

सामुदायिक प्रहरीकाे सहकार्यमा गरिएकाे कार्यक्रममा प्रमुख अतिथि नायब महानिरीक्षक बस्नते सहित  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंह, दंगा प्रहरी नियन्त्रण गणका प्रहरी उपरीक्षक कृष्ण बहादुर पुलामी मगर, ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी उपरीक्षक अरुण पौडेल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–११ का अध्यक्ष सालिकराम पुडासैनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरिबिष्णु ढकाल, हेटौंडा १०  नम्बरका वडा अध्यक्ष किताब सिंह लामा, सामुदायिक सेवा उप केन्द्र हेटौंडा–१० बसपार्कका अध्यक्ष प्रदिप कँडेल लगायतकाे आतिथ्यता रहेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*