हेटाैँडामा बजाजकाे महाएक्सचेञ्ज अफर शुरु

होराइजन अटो प्रालि‍ले ल्यायाे यस्ताे अफर
निरन्तर न्यूज
१२ आश्विन २०७६, आईतवार १०:३१

हेटाैँडा । बजाज मोटरसाइकलको हेटौंडाका लागि आधिकारिक विक्रेता होराइजन अटो प्रालि‍ले माेटरसाइकलकाे महाएक्सचेन्ज अफर ल्याएको छ ।

हेटौडा १० मा अवस्थित होराइजन अटो प्रालिले बिग्रिएको र कामै नलाग्ने तथा जुनसुकै अवस्थामा रहेको मोटरसाइकल भएता पनि पुरानो छोडेर नयाँ दिने एक्स्चेञ्ज अफर ल्याएको जनाएकाे छ ।

आउदै गरेको बिजय दशमीलाई लक्षित गरेर बजाज कम्पनीले महा क्सेन्ज अफर ल्याएको हाेराइजनका प्रोप्राइटर लालकाजी बज्राचार्यले बताए ।

नजिकिएको चाडपर्वलाई लक्षित गर्दै होराइजनले असाेज १२ गते देखि हेटौंडामा महाएक्सचेन्ज मेला सञ्चालन गर्दैछ । महाएक्सचेन्ज अफरबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा प्रोपाइटर लालकाजीले बिग्रिएको र कामै नलाग्ने अवस्थाको मोटरसाइकल भएपनि उक्त मोटरसाइकलको न्यूनतम मुल्यांकन ३० हजार रुपैया गरिने बताए ।

मोटरसाइकलको कागजत भएका जुन सुकै मोटरसाइकल ल्याएर एक्सचेन्ज गर्न सकिने बताउदै बजाजको पेट्रोलको राम्रो माइलेज, सजिलै पार्ट्सहरु पाइने वारेन्टि सहित फ़ाइनन्सको व्यवस्था गरिरहेकाे अर्का प्रोपाइटर राजुरत्न बज्राचार्यले बताए ।

४० प्रतिसत पेमेन्टगरेर अन्य रकमका लागि किस्ता स्वरुप तिर्ने गरि मोटरसाइकल दिने व्यवस्था समेत गरिएकाे बज्राचार्यले बताए ।
महाएक्सेनज अफर असाेज १२ गतेदेखि १६ गते सम्म रहने बताइएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*