मुलुककाे समृद्धिकाे लागि युवा शक्तिकाे प्रयाेग हुन जरुरी : विद्यासुन्दर शाक्य

निरन्तर न्यूज
११ आश्विन २०७६, शनिबार १२:३७

हेटाैँडा । काठमाण्डौ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले राजनितिक परिवर्तनका लागि प्रयोग भएका युवाहरुको शक्ति अब मुलुक समृद्धिको लागि प्रयोग गर्नुपर्ने धारणा राखेका छन् ।

युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय युवा परिषद्द्धारा प्रदेश र स्थानीय तहमा सञ्चालित युवा सम्बन्धि शसर्त अनुदानका कार्यक्रमहरुको बारेमा जानकारी  गराउने कार्यक्रममा बाेल्दै प्रमुख अतिथि मेयर शाक्यले हजारौं युवाहरु दैनिक खाडी मुलुकमा श्रम गर्न जाने गरेको सन्दर्भसँग  जाेडेर खाडीमा गरिने काम स्वदेशमै बसेर गर्न युवाहरुले लाज मान्न नहुने बताए । स्वदेशमै पाइने काममा सन्तुष्टि खोज्न समेत मेयर शाक्यले  युवाहरुलाई उहाँले आग्रह गर्नुभयो ।

राष्ट्रिय युवा परिषद्ले शुक्रबार हेटौंडामा कार्यक्रममा ३ नम्बर प्रदेशका १३ जिल्लाका युवा समिति अध्यक्ष र स्थानीय तहका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुखहरुलाई युवा सम्बन्धि शसर्त अनुदानका कार्यक्रमहरुको बारेमा जानकारी गराएको हो ।

जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेल, डाक्टर बाबुराम ढुङ्गानाले युवा परिषद्का कार्यक्रम, प्रदेश सरकार तथा स्थानीय तहसंगको समन्वय र सहकार्यको बारेमा सहजीकरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*