शिल्पी समुदायलाई शासना अधिकार प्राप्तिका निम्ति विशेष प्रदेश बनेकाे हाे : राजेन्द्र श्रेष्ठ

निरन्तर न्यूज
११ आश्विन २०७६, शनिबार ११:५७

काठमाण्डाैँ । समाजवादी पार्टीकाे शिल्पी विशेष प्रदेश समितिकाे आयाेजनामा शिल्पी समुदायको पहिचान र साँस्कृतिक विषयक विचार गाेष्ठीमा पार्टीका सह- अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले ऐतिहासिक रूपमा उत्पीडन,विभेद र किनाराकृत गरिएको शिल्पी समुदायलाई शासना अधिकार प्राप्तिका लागि शिल्पी विशेष प्रदेशकाे अवधारणा अघि सारेकाे बताउनु भयाे ।

 

प्रमुख अतिथि श्रेष्ठले जहाँ न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाकाे समेत अभ्यास गर्न पाउँछन्  त्यहाँ अरु प्रदेशकै समान अधिकार सरह शिल्पी प्रदेशकाे पनि रहने तथा कतिपय क्षेत्रमा स्वायत्त क्षेत्र, संरक्षित क्षेत्रकाे रूपमा समेत अभ्यास गर्ने माेडल पार्टीले अघि सारेकाे बताए ।

पार्टीले पाँच वर्षदेखि सम्मानजनक शिल्पी पहिचानको विषयलाई उठाउँलै आएकाे बताउँदै नेता श्रेष्ठले कसैकाे लहडमा अपमानित पहिचानलाई पार्टीले मुख्य मुद्दा बनाउन नसक्ने स्पष्ट पारे ।

दल इतर अर्थात् दल भनेकाे समूह, समूह भन्दा बाहिर राखिएकोले नै दलित भनिएकाे हाे ।

२१ शताब्दीमा नयाँ विचारकासाथ पार्टी अघि बढेकाेले सिंगाे शिल्पी समुदायलाई अमपानित पहिचान बाेकाउन बाध्य नहुने बताउनु भयाे ।

विशेष अतिथि पार्टीको उपाध्यक्ष हिसिला यमीले शिल्पी समुदायकाे पहिचान र सँस्कृतिकाे बारेमा गहन रूपमा कार्यपत्र सहित कार्यक्रमकाे आयाेजना गर्नु अधिकार सुनिश्चितताकाे मार्गचित्र भएकाे बताइन् ।

विशेष अतिथि पार्टी उपाध्यक्ष नवराज सुवेदीले अरू पार्टीले पूर्ण समानुपातिक,समावेशी मुद्दा छाेडे पनि हामीले स्थापित गरेकाे छाै भन्दै संसदलाई नै समावेशी बनाएर नीति निर्माणबाटै हस्तछेप गर्दै शिल्पी समुदायलाई राज्यकाे मूलप्रवाहमा ल्याइने बताउनु भयाे ।

खाँटी इतिहास कर्णालीमा शिल्पी समुदाय खस आर्य आउनु भन्दा सुवेदीले निकै अगाडि देखि नै आदिवासीकाे रूपमा रहेकाे तर इतिहासकारहरू र शासकहरूले अनदेखा गरेकाे बताउनु भयाे । अब नदेख्नेहरूलाई आँखा खाेल्ने काम तपाईंहरूले गर्न जरुरी छ भन्नुभयाे ।

शिल्पी समुदायको शिल्पी पहिचानको बारेमा पार्टी उप-महासचिव (शि.वि.प्र.इ.) दानबहादुर विश्वकर्माले कार्यपत्र प्रस्तुत गर्नुभएको थियाे ।

शिल्पी समुदायको सँस्कृति तथा साँस्कृतिक सम्पदाको बारेमा प्रदेश मुख्यसचिव डि‍ बि नेपालीले पनि कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे । साे कार्यपत्र माथि वरिष्ठ कलासँस्कृतिविद्व तथा शाेधकर्ता गाेबिन्द नेपालीले शिल्पी समुदायको साँस्कृतिक संग्रहालय र आवासीय सीपकला साँस्कृतिक विश्वविद्यालय केन्द्रमा, प्रदेशमा आवासीय महाविद्यालय र स्थानीय सरकारमा आवासीय विद्यालय स्थापना गर्ने विषय कार्यन्वयन गर्न सकिएमा याे समुदायको लागि राम्राे हुने बताए ।

प्रदेश अध्यक्ष दलमर्दन कामीकाे सभाध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेश उपाध्यक्ष ज्ञानकुमार परियारले स्वागत मन्तब्य व्यक्त गर्नुभएकाे थियाे तथा कार्यक्रम सञ्चालन प्रदेश उपाध्यक्ष साजन घतानीले गर्नुभएकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*