चिनियाँ राजदूतसँगकाे गोप्य भेटपछि गृहमन्त्रीले सुरक्षा प्रमुखहरुको बैठक बोलाए
काठमाडौं । आइतबार नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीसँग भएको ‘गोप्य भेटवार्ता’ पछि गृहमन्त्री थापाले सुरक्षा प्रमुखहरुको बैठक बोलाएकाे बुझिएकाे छ ।
गृहमन्त्री रामबहादुर थापाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको सुरक्षा व्यवस्थापनका लागि सुरक्षा अंगका प्रमुखहरुसँग छलफल शुरु गरेका छन् ।
गृहमन्त्री थापाले बोलाएको बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखका साथै नेपाली सेनाका उच्च अधिकारीहरु समेत सहभागी भएकाे बताइएकाे छ ।
गृह मन्त्रालयमा शुरु भएको सुरक्षा प्रमुखहरुको बैठकमा राष्ट्रपति सीको असोज अन्तिम साता हुने सम्भावित भ्रमण केन्द्रित सुरक्षा रणनीतिका विषयमा छलफल हुने स्रोतले बताएकाे छ ।