भारतमा काम गर्न गएका नेपालीकाे डेंगुका कारण मृत्यु
निरन्तर न्यूज
४ आश्विन २०७६, शनिबार १८:१३
काठमाण्डाैँ। रोजगारीका लागि भारत गएका एक नेपालीको डेंगुको कारण मृत्यु भएको छ। सल्यान सिम्तिगैराका २१ वर्षीय नोखिराम नेपालीको भारतको राजकोटमा मृत्यु भएको बताइएको छ ।
पाँच महिनाअघि रोजगारीका लागि भारतको राजकोट पुगेका उनको राजकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनका आफन्तले जानकारी दिए।
उनको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।