संविधान दिवसको अवसरमा प्रदेशकाे राजधानी हेटौंडामा कार्यक्रम
हेटौंडा । संविधान दिवसको अवसरमा आज ३ नम्बर प्रदेशकाे राजधानी हेटौंडामा भव्य कार्यक्रम गरिएको छ ।
दिवसलाई भव्य रुपमा मनाउनकाे लागि हेटौंडामा बिद्यालय, कार्यालयबाट ब्यानर सहित र्यालीमा सहभागि हुन भुटनदेवी चाैरमा जम्मा भएका थिए ।
प्रदेश प्रमुख अनुराधा कोईराला सहित मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, सांसद बिरोध खतिवडा, प्रदेशका मन्त्रीहरु शालिकराम जमकट्टेल, कैलाश प्रसाद ढुंगेल, दावा दोर्जे लामा, युवराज दुलाल सहभागि भएका थिए । त्यस्तै प्रदेश सांसदहरु इन्द्र बहादुर बानीयाँ, प्रेम बहादुर पुलामी, मुनु सिग्देल, कुमारी माेक्तान, जुनेली श्रेष्ठ समेत सहभागि भएका थिए ।
हेटौंडाको भुटनदेबि चौरबाट निकालिएको र्याली स्कुलरोड, मेनरोड, बुद्धचोक, पिपलबोट, चेम्बरमार्ग हेडम्बी चाेक नगरपालिका चाेक हुँदै मकवानपुर बहुमुखी क्याम्पसमा गएर सभामा परिणत भएको थियो ।
प्रदेश सरकारका बिभीन्न मन्त्रालय, प्रदेश स्तरका कार्यालय, विभिन्न निकायका प्रमुखहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, विद्यालयहरु, विभिन्न झाँकीहरु सहितकाे र्यालीले हेटौंडा बजारको परिक्रमा गरेकाे थियाे ।