समाजवादी पार्टी गोरखाको गण्डकीमा दुवाडीको नेतृत्व

निरन्तर न्यूज
३१ भाद्र २०७६, मंगलवार ०६:२९

गोरखा । गोरखा जिल्लाको गण्डकी गाउँपालिकामा समाजवादी पार्टीको कमिटी गठन गरिएको छ ।

यमदत्त दुवाडिको अध्यक्षतामा २५ सदस्यीय गण्डकी गाउँपालिका कमिटी गठन गरिएको हो ।

कमिटीको उपाध्यक्ष ऋषिराम घिमिरे, बिष्णु अमगाई तथा सचीवमा अर्जुन अमगाइलाई  चयन गरिएको छ

प्रदेश सदस्य एवं निवर्तमान गाउंपालिका संयोजक भिम श्रेष्ठको अध्यक्षताम तथा  समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो ।

कार्यक्रममा राष्ट्रीय कलाकार गणेश गुरुङ र सुमित्रा लामा लगायतले सांगीतिक प्रस्तुति गरेका थिए ।

कार्यक्रममा नेकपा र नेपाली कांग्रेस परित्याग गरि दर्जनौ कार्यकर्ता  समाजवादी पार्टी प्रवेश गरेको जिल्लाका नेता सन्जित दुवाडिले जानकारी दिनुभयो ।

त्यस्तै पार्टी अध्यक्ष भट्टराईले आजसम्म स्थानीय निकायमा नेतृत्व गर्नुहुने र चुनाव लड्नुहुने सबै वडाका प्रतिनिधिहरुलाई खादा र माला सहित सम्मान गर्नुनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*