नेकपा कार्यकर्ताबाट भएको आक्रमणको विरोधमा नेपाली कांग्रेसले काठमाडाैंमा प्रदर्शन गर्ने

निरन्तर न्यूज
२७ भाद्र २०७६, शुक्रबार १७:२८

काठमाडाैं । बाँके जिल्ला सभापतिमाथि नेकपा कार्यकर्ताबाट भएको आक्रमणको विरोधमा नेपाली कांग्रेसले काठमाडाैंमा प्रदर्शन गर्ने भएको छ । कांग्रेसले बाँके जिल्ला सभापतिमाथि आक्रमण गर्ने नेकपा कार्यकर्तालाई कारबाही गर्न माग गरेको छ।

शुक्रबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले  शनिबार माइतीघरमण्डलामा धर्नामा बस्ने कार्यक्रम सार्वजनिक गरेको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार शनिबार ८ बजे गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र दिउँसो धर्नामा बस्ने कार्यक्रम तय भएको  छ । उक्त  कार्यक्रमको नेतृत्व काठमाडौं, भक्तपुर र लतितपुरका जिल्ला सभापतिले गर्नेछन् ।

प्रवक्ता शर्माले भने- ‘कार्यक्रम भइरहेको ठाउँमा गएर यहाँ कार्यक्रम नगर, यो हाम्रो ठाउँ हो भनी आक्रमण गर्ने नेकपाको अराजक गतिविधिको हामी बिरोध गर्छौं,’ प्रवक्ता शर्माले भने, ‘तत्काल दोषी पत्ता लगाएर कारबाही नगरे अन्य संघर्षका कार्यक्रम गर्न बाध्य हुन्छौं।’

बाँकेमा नेपाली कांग्रेसको जागरण अभियानका क्रममा बिहीबार सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा)का कार्यकर्ताले आक्रमण गरेका थिए। आक्रमणबाट नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालाको बायाँ हात भाँचिएको छ। किरण पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाकी बुहारी हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*