समाजवादी पार्टीकाे प्रचार विभाग उपप्रमुखमा युवा नेता पाण्डे
काठमाडौं। समाजवादी पार्टीका प्रचार विभागको उपप्रमुखको जिम्मा युवा नेता विश्वदीप पाण्डेलाई दिइएकाे छ ।
पूर्वप्रधानमन्त्री एवं पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराईको प्रेस सल्लाहकार समेतको जिम्मेवारी नेता पाण्डेलाइ तोकिएको छ ।
साे पार्टीको आइतबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले केन्द्रीय सदस्य पाण्डेलाई विभागको उपप्रमुखसहित संघीय अध्यक्ष भट्टराईको प्रेस सल्लाहकारको जिम्मा समेत दिएको हो । उनी माओवादी सशस्त्र द्वन्द्वकालदेखि नियमितरूपमा डा. भट्टराईका स्वकिय सचिवकाे जिम्मेवारीमा रहेका काम गरिरहेका छन् ।
पाण्डे मिडियासँग सु–सम्बन्ध भएका शीर्षनेताका सहयोगीको रुपमा परिचित छन् । विगतमा डा. भट्टराई प्रधानमन्त्री हुँदासमेत मिडियामैत्री र मिडियालाई कुशल व्यवस्थापन गर्ने प्रधानमन्त्रीका सहयोगीको छवि बनाएका थिए ।
तत्कालीन सात दल र विद्रोही माओवादीबीच २०६२ सालमा भएको १२ बुँदे सहमतिको अन्तिम मस्यौदालाई भारतको राजधानी नयाँदिल्लीमा उनैले टाइप गरेका थिए ।