नेपाल आर्थिक पत्रकार समाज (सेजन) काे निर्वाचित नयाँ कार्यसमिति

निरन्तर न्यूज
१५ भाद्र २०७६, आईतवार १३:२६

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज(सेजन) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । भिम गौतमको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो।

शनिबार सम्पन्न साधारणसभाले अध्यक्षमा भीमप्रसाद गौतम, उपाध्यक्षमा सरस्वती ढकाल, महासचिवमा सुजन ओली, सचिवमा कृष्ण रिजाल र कोषाध्यक्षमा हिमाल पौडेललाई चयन गरेको छ । यस्तै सदस्यमा विनय बञ्जरा, कमला अर्याल, मुना कुँवर, सुजन ढुङ्गाना र हिमा विक निर्वाचित भएका छन् ।

हिजोको निर्वाचनमा गौतमले अध्यक्षका अर्का प्रत्यासी मोदनाथ ढकाललाई १० मतले पराजित गरेका हुन । २३३ मत खसेकोमा गौतमले १२० र ढकालले ११० मत प्राप्त गरे ।

सेजनका नयाँ अध्यक्ष गौतम कारोबार दैनिकमा कार्यरत छन् ।

त्यस्तै महासचिवमा ओली निर्वाचित भएका छन् । ओलीले अर्का प्रत्यासी अच्युत पौडेललाई ४० मतले पराजित गरे । ओलीले १३५ र पौडेलले ९५ मत ल्याए ।

उपाध्यक्षमा सरस्वती ढकाल गोलाप्रथामार्फत निर्वाचित भइन् । १० जनाको कार्यसमितिमा ४ जना महिला निर्वाचित भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*