ह्याकरहरुले आक्रमण गर्ने खतरापछि बन्द एटीएएम पुन: सञ्चालनमा

निरन्तर न्यूज
१५ भाद्र २०७६, आईतवार १३:२२

काठमाडौं । आइतबार सर्भर डाउन भएका बैंकहरुको एटीएम सेवा पुन: सञ्चालनमा आएको छ ।

ह्याकरहरुले आक्रमण गर्ने खतरा बढेपछि एटीएम सर्भर प्रोभाइडर संस्था नेप्सले शनिबार रातिदेखि आफ्ना सदस्य बैंकहरुको एटीएम सेवा बन्द गरेको थियो । तर हाल प्रभु बैंक र एनआईसी एशियाबाहेकका बैंकहरूको एटीएम सेवा सञ्चालनमा आएको छ ।

आइतबार बिहानैदेखि विभिन्न बैंकका अटोमेटिक टेलर मेसिन (एटिएम) सेवा प्रभावित भएका थिए । एटिएम नचलेपछि सेवाग्राही मर्कामा परेका थिए ।

एटिएम प्रणालीमा ह्याकरले आक्रमण गरेपछि समस्या आएको थियो । शुक्रबार राति प्रहरीले एटिएम ह्याक गरी पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंले नबिल बैङ्कको एटीएम प्रयोग गरेर पैसा निकाल्ने उनीहरूलाई दरबारमार्गस्थित एक होटलबाट पक्राउ गरेको हो। नबिल बैङ्कको एटिएमबाट पैसा निकाल्दै गरेको अवस्थामा एक जना पक्राउ परेका थिए। उनीमाथि अनुसन्धान गर्दा अन्य ४ जनाको पनि संलग्ता भएको खुलेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*