नेकपा क्रान्तिकारी माओवादीले उपनिर्वाचन बहिस्कार गर्ने

निरन्तर न्यूज
८ भाद्र २०७६, आईतवार १७:३४

काठमाडौं। मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले उपनिर्वाचन बहिस्कार गर्ने बताएको छ ।

आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले आगामी मंसिर १४ गते हुने भनिएको उपनिर्वाचन बहिस्कार गर्ने बताएका हुन् । थारु समुदायको एकता र सामाजिक सद्भावका लागि थरुहट/थारुवान राष्ट्रिय सम्मेलनमा सहभागी हुन कैलाली पुगेका महासचिव वैद्यले क्रान्तिकारी पत्रकार महासंघ सुदूरपश्चिमले धनगढीमा आयोजिना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो जानकारी गराए ।

केपी ओली नेतृत्वको वर्तमान सरकार कम्युनिष्ट सरकार नभएको वैद्यको भनाइ थियो । उनले  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सच्चा कम्युनिष्ट पार्टी नभएको जिकिर गरे ।

विप्लव समूहलाई प्रतिवन्ध लगाएर गलत गरेको बताउँदै महासचिव बैद्यले विप्लवले गरिरहेको राजनीति समेत गलत भएको बताए । नेता वैद्यले विप्लव निकट नेकपासंग पार्टी एकताको विषयमा छलफल भए पनि तत्काल सम्भव नरहेको बताए ।

वैद्यले कैलाली, कञ्चनपुरसहित बाके, बर्दीया र दाङ सम्मको क्षेत्रलाई समेटेर छुट्टै प्रदेश बनाउनुपर्ने धारणा राखे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*