समाजवादी पार्टी निकट नेपाल सुकुम्बासी व्यवस्थापन संघ गठन
काठमाण्डौँ । समाजवादी पार्टी निकट जन संगठनको रुपमा रहेको नेपाल सुकुम्बासी व्यवस्थापन संघ गठन गरिएको छ ।
अर्जुन कुँवर (दिपक) अध्यक्ष तथा दिपक म्याङ्बो इन्चार्ज रहने गरि सुकुम्बासी संघ गठन गरिएको हो ।
संघमा अभिषेक सिंह बरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु सुरेस राय यादव, लेखनाथ खनाल रहेका छन् भने महासचिव सरोज बस्नेत तथा सचिवहरु दिपेस सिंह भण्डारी, गजेन्द्र याख्खा, सुशीला बि क रहेका छन् । संघको कोषाध्यक्षमा निर्मला पाण्डे चयन भएकि छिन् ।
त्यस्तै संघको सदस्यहरुमा हरि पौडेल, गोबिन्द वनेम, छेवाङ गेल्जाङ्ग तामाङ, झंक धिमाल, टीकाराम पौडेल, रामकुमार राई, मल्लिके यादव, देवी पुन, चिन बहादुर बिक, सुरेश थापामगर, दल बहादुर क्षेत्री, देवलाल सेन्ताङ्ग, बाल कुमार चौधरी, उषा सेन्चुरी, इन्द्र बहादुर कुमाल, राजु देबि हमाल, सोनाम पुजारा, पुष्पा बिक राइ रहेका छन ।
कार्यक्रममा समाजवादी पार्टीको उपाध्यक्ष हिसिला यमी, रणध्वज कन्दङ्वा, सदस्य इश्वर रिजाल, दलमर्दन कामी, लालध्वज नेम्वाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।