भारतका पूर्व अर्थमन्त्री अरुण जेटलीको निधन
नयाँ दिल्ली । भारतका पूर्व अर्थमन्त्री अरुण जेटलीको शनिबार दिल्लीको एम्स अस्पतालमा निधन भएको छ । ६६ वर्षीय जेटली केही समयदेखि एम्स अस्पतालको आइसियूमा भर्ना गरिएका थिए । उनको स्थानीय समयअनुसार मध्यान्ह १२ बजेर ७ मिनेट जाँदा निधन भएको हो ।
मृगौला प्रत्यारोपण गरिसकेका जेटलीलाई क्यान्सरको पनि समस्या थियो ।
श्वास फेर्न अप्ठेरो महसुस गरेपछि उनलाई ९ अगस्टमा एम्स अस्पतालमा भर्ना गरिएको थियो । उनी सफ्ट टिस्यू क्यान्सको उपचार गराइरहेका थिए । उपचारको लागि उनी गत १३ जनवरीमा न्यूयोर्क गएर फेब्रुअरीमा भारत फर्किएका थिए । उनी मधुमेहका पनि रोगी थिए । २०१४ मा तौल बढ्ने समस्या देखिएपछि उनको ब्यारियोमेट्रिक सर्जरी पनि गरिएको थियो ।
रोगका कारण गत चुनावमा बिजेपीको विजयसभामा पनि सहभागी नभएका उनले वर्तमान सरकारमा सहभागी नहुने कुरा मोदीलाई जानकारी गराएका थिए ।