समाजवादी दलित मुक्ति महासंघका गठन
काठमाण्डौँ । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच एकता भएर बनेको समाजवादी पार्टीको समाजवादी दलित मुक्ति महासंघ गठन गरिएको छ ।
दलित मुक्ति महासंघको घोषणा सभाले खिमबहादुर विश्वकर्माको अध्यक्षतामा १ सय १ सदस्यीय समाजवादी दलित मुक्ति महासंघ गठन गरिएको समाजवादी पार्टीका केन्द्रीय सदस्य दलमर्दन कामीले जानकारी दिनुभयो ।
नवगठीत महासंघको उपाध्यक्षहरु मिन बहादुर परियार, सोम बहादुर नेपाली, लाल बहादुर विश्वकर्मा रहेका छन् । त्यस्तै महासचिव रण बहादुर रम्तेल, उपमहासचिवहरु शान्त घतानी, भद्रमान मोते रहेका छन् । महासंघको पाँचजना सचिवहरुमा सुनिल विश्वकर्मा, अर्जुन राम, होप बहादुर नेपाली, डिबि नेपाली (सोलु) र इन्दिरा खाती रहेका छन् । कोषाध्यक्षमा चन्चला पराजुली र सह कोषाध्यक्षमा भक्त बहादुर दर्नाल चयन भएका छन् ।
महासंघको इन्चार्जमा डिबि नेपाली र सहइन्चार्जमा चन्द्रेश्वर पासवान चयन भएका छन् ।
घोषणा सभामा समाजवादी पार्टीका अध्यक्षद्व डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादव सहित उपाध्यक्षहरु हिसिला यमी, रकम चेम्जोङ, सचिव दुर्गा साेबलगायतको आतिथ्यता रहेको थियो ।