प्रदेश ३ का प्रमुख सचिव ढकालको विदाई

निरन्तर न्यूज
५ भाद्र २०७६, बिहीबार १४:११

हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरले सरुवा भएर जान लाग्नु भएका ३ नम्बर प्रदेशका प्रमुख सचिव आनन्दराज ढकालको विदाई गरेको छ । बुधबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर समन्वय समिति मकवानपुर परिवारले प्रमुख सचिव ढकाललाई विदाई गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरले उहाँलाई मायाको चिनो सहित आगामि कार्यकालको सफलताको शुभकामना सहित विदाई गरेको छ । विदाई कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले प्रमुख सचिव ढकालको कार्य कुशलताको प्रशंसा गर्दै आगामि कार्यकालको शुभकामना व्यक्त गर्नभएको थियो । उहाँले प्रमुख सचिव ढकालले जिल्ला समन्वय समितिलाई गर्नुभएको सहयोगको लागि धन्यवाद दिनुभएको थियो ।

कार्यक्रममा प्रमुख सचिव ढकालले आफले प्रदेश रकार सफल हुने गरि काम गरेको बताउनुभयो । उहाँले जिल्ला समन्वय समितिले गरेका कामहरुको समेत प्रशंसा गर्नुभएको थियो । उहाँले कुनुनले दिएको अधिकार र सरकारले दिएको पैसाले मात्र काम गर्न सकिन्छ भन्ने मनस्थितीलाई जिल्ला समन्वय समिति मकवानपुरले गलत सावित गरेको बताउनुभयो । प्रमुख सचिव ढकालले तीनै तहका सरकारको उदेश्य समृद्धि नै भएको तर समृद्धि र संघीयता सफल बनाउन जिल्ला समन्वय समितिको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । तीन तहका सरकारसंगको समन्वय तथा समृद्धि र संघीयताको सफलताको लागि पनि जिल्ला समन्वय समितिको अधिकार बढाउनु पर्ने बताउनुभयो ।

गत साउन २८ गते प्रदेश सचिवका रुपमा आउनुभएका ढकाल लोकसेवा आयोगमा सरुवा भएर जान लाग्नुभएको छ । १ वर्षे कार्यकालमा प्रदेश सरकारलाई सहयोग पुग्ने काम गर्नु भएका ढकालले प्रदेशमा अन्य विभिन्न राम्रा कामहरु गर्नुभयो । यस अवधिमा जिल्ला समन्वय समिति मकवानपुरले गरेको सहयोगको उहाँले धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकि उपप्रमुख भगवती पुडाशैनी, समन्वय अधिकारी कपिल प्रसाद उपाध्यायलगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*