भारतीय विदेशमन्त्री जयशंकर र समाजवादी नेपालका नेताबीच भेटवार्ता

निरन्तर न्यूज
५ भाद्र २०७६, बिहीबार १३:५५

काठमाडौं । समाजवादी नेपालका नेता तथा भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

बिहीबार नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकरले समाजवादी पार्टी नेपालका नेताहरुसँग भेटवार्ता गरेका छन् । बिहीबार विहान उनले उपप्रधानमन्त्री तथा पार्टीका अध्यक्ष उपेन्द्र यादव र पूर्वप्रधानमन्त्री तथा पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका हुन् ।

भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको डा. भट्टराईले ट्विटरमार्फत जनाएका छन् । ‘भारतको वर्तमान सरकारले नेपालसँग कनेक्टिभिटी र आर्थिक साझेदारी विस्तार गर्न इच्छुक रहेको जानकारी पाउँदा खुशी लागेको छ’, भट्टराईले आफ्नो ट्विटमा लेखेका छन् ।

बुधबार नेपाल भ्रमणमा आएका जयशंकरले बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । उनले बिहीबार पशुपतिनाथ मन्दिरमा पूजा गरेका थिए । त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी र जय शंकरबीच बिहीबार नै शिष्टाचार भेट भएको थियो ।

नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आएका जय शंकर बिहीबार नै स्वदेश फर्किने कार्यक्रम छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*