आज देशभरको मौसम बदली रहने

निरन्तर न्यूज
५ भाद्र २०७६, बिहीबार १३:३८

काठमाडौं । आज देशभरको मौसम बदली रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभरी आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

देशको मध्य तथा पश्चिमी पहाडी भू भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही मध्य तथा पूर्वका केहि स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ ।

हाल देशको पश्चिमी भुभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । मध्य तथा पूर्वी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । देशको पश्चिमी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*