रवि लामिछानेलाई ५ दिन म्याद थपेर अनुसन्धान गर्न अदालताकाे अनुमति
चितवन। आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने थप ५ दिन हिरासतमै रहने भएका छन् । जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरीले उनीहरुलाई गत बिहीबार नियन्त्रणमा लिएको थियो ।
जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले लामिछानेसहित तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।