पूर्वयुवराज पारसले प्रहरीमाथि आफूबाट भएको दुर्व्यवहारप्रति माफी मागे

निरन्तर न्यूज
३ भाद्र २०७६, मंगलवार १६:२१

काठमाण्डाैँ । पूर्वयुवराज पारस शाहले विमानस्थलमा ड्युटीमा रहेका प्रहरी अधिकारीमाथि आफूबाट भएको दुर्व्यवहारप्रति माफी मागेका छन् ।

आइतबार विमानस्थलमा आमा कोमल शाहको बिदाइका लागि पुगेका पारसले एक प्रहरी अधिकारीलाई धकेलेको भिडियो भाइरल बनेको थियो । उपचारका लागि बैंकक जाने क्रममा कोमल शाहको बिदाइमा पारससँगै उनका छोरा हृदयेन्द्र पनि विमानस्थलको भीआइपी कक्षमा प्रवेश गर्न खोज्दा सो घटना भएको थियो ।

पारसले छोरा हृयदेन्द्रको अनुहारमा प्रहरीको लाठी तेर्स्याएको देखेपछि आफ्नो मुड खराब भएको र आवेशमा आएर सो घटना हुन पुगेको फेसबुक स्टाटसमार्फत जनाएका छन् । उनले सो स्टाटसमा आफ्नो मुड ठीक अवस्थामा नरहेको र सोही वेला आफ्नो छोरामाथि प्रहरीले पनि दुर्व्यवहार गर्न खोजेकोले आफूले सहन नसकी हातपात गरेको बताएका छन् ।

उनले सम्बन्धित पक्षसँग माफी माग्दै बाँकी निर्णय गर्ने जिम्मा जनतालाई नै दिन चाहेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*