श्रीमानको कुटाइबाट श्रीमतिको मृत्यू
काठमाडौं । उदयपुरको बेलका नगरपालिकामा श्रीमानको कुटाइबाट श्रीमतिको ज्यान गएको छ ।
बलेका नगरपालिका–५ का तिर्थ आले मगरको कुटाइबाट उनकी श्रीमती ३० वर्षीया मन्जु पुलामी मगरको ज्यान गएको हो । जिल्ला प्रहरी काार्यलय उदयपुरका अनुसार तिर्थले सोमबार राति मन्जुलाई निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी मन्जुको उपचारका क्रममा मृत्यु भएको हो ।
सोमबार राति १० बजे घरायशी विवाद बढ्दै जाँदा तिर्थले मन्जुलाई कुटेका हुन् । कुटपिट गर्दा गम्भीर घाइते भएकी मन्जुको उपचारको क्रममा धरानको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा सोमवार राति ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
प्रहरीले तिर्थलाई घटना लगत्तै नियन्त्रणमा लिएको छ ।