नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन हेटाैँडामा हुने

निरन्तर न्यूज
१ भाद्र २०७६, आईतवार १९:४०

हेटाैँडा। बस्तीपुर जेसिज हेटाैँडा मकवानपुरको आयोजनामा हेटौँडामा नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन हुने भएको छ ।

भदौ ६ र ७ गते कार्यक्रम हुने कार्यक्रमका निर्देशक तथा बस्तीपुर जेसिजका संस्थापक अध्यक्ष गणेश प्रसाद भेटवालले आज हेटौंडामा पत्रकार सम्मेलन आयोजना गरि कार्यक्रमबारे जानकारी दिइएको हाे ।

कार्यक्रमको तयारी करिब ९५ प्रतिशत पूरा भइसकेको समेत निर्देशक भेटवालले जानकारी दिए । सम्मेलनमा क्षेत्र ‘ख’ का ३२ वटा शाखाका ५ सय युवासहित नेपाल जेसीज र अन्य शाखाका गरी कम्तिमा ८ सय युवाहरु सम्मेलनमा सहभागिता रहने बताइएकाे छ ।

सम्मेलनमा करिब ५० लाख खर्च हुने अनुमान गरिएको बस्तीपुर जेसिजका अध्यक्ष सुनिल अधिकारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*