साङ्लाले सतायो ? घरेलु तरिकाबाट साङ्लाे यसरी भगाउनुहोस् ।

निरन्तर न्यूज
३२ श्रावण २०७६, शनिबार १९:२६

वर्षात्को मौसममा घरमा ओसको मात्रा बढ्ने गर्छ, त्यसैले पनि यो कक्रोच (साङ्ग्ला)का लागि निकै अनुकुल मौसम हो । किचन र स्टोररुममा कर्कोचले हैरानै बनाउने गर्छ ।

बजारमा कक्रोच भगाउने कैयन उत्पादन पाइन्छन्, तर यस्ता रासायनिक औषधिहरुको प्रयोग मानव स्वास्थ्यका लागि पनि हानिकारक हुनसक्छ । अझै तपाईंको घरमा साना बच्चा छन् भने, रासायनिक औषधि होइन, घरेलु उपाय नै अपनाउनुस् । आज हामी तपाईंलाई कक्रोच भगाउने घरेलु उपाय सुझाउँदैछौं ।

१. तेजपत्ताको प्रयोगः
तेजपत्ताको गन्धसँग साङ्ला भाग्ने गर्छ । त्यसैले केही पत्ता साङ्ला धेरै बस्ने कुनामा राखिदिनुस् । यसको गन्धले साङ्ला आफैं भाग्ने गर्छ । तर, एउटै पत्ताले लामो समय काम नगर्ने भएकाले केही हप्ताको अन्तरमा त्यसलाई बदल्नु पर्छ ।

२. सोडा र चीनी मिसाएर राख्नुस्
एक कचौरामा बराबर मात्रामा सोडाको धुलो र चीनी मिसाएर कर्कोच धेरै बस्ने ठाउँमा राख्नुस् । चीनीको गुलियोले कक्रोचलाई आकर्षित गर्छ, त्यसलाई खाएपछि सोडाले मार्ने काम गर्छ । समय–समयमा यसलाई पनि परिवर्तन गरिराख्नु पर्छ ।

३. ल्वाङको गन्ध
तेज गन्धवाला ल्वाङ पनि कक्रोच भगाउने उत्तम उपाय हो । कर्कोच धेरै लाग्ने ठाउँमा ल्वाङका केही टुक्रा अथवा धूलो राखिदिनुस् । यस उपायबाट कक्रोच भाग्छ ।

४. मट्टीतेलको प्रयोग
मट्टीतेलको प्रयोगले पनि कर्कोच भगाउन सकिन्छ । तर, यो प्रज्वलनशील पदार्थ भएकाले प्रयोगमा निकै सजगता अपनाउनु जरुरी छ ।

५. रुमलाई ओशमुक्त राख्नुस्

ओशिलो स्थान कक्रोचका लागि निकै अनुकुल मानिन्छ । त्यसैले तपाईंले आफ्नो कोठालाई ओशमुक्त राख्नु भयो भने पनि कक्रोचबाट केही हदसम्म मुक्ति मिल्छ ।

यस्तै, साङ्ला मार्ने अझ भरपर्दो औषधी हो, ‘बोरिक एसिड’ पाउडर फ्रुटकेक वा पाउरोटीमा अलिकति दूध मिसाएर मिश्रण बनाउने । यसको सेवनबाट साङ्लाको कत्लेआम हुन्छ । बोरीक एसिड पाउडर जुनसुकै औसधि पसलमा पाउन सकिन्छ।

हेर्नुहोस् भिडियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*